कला र संस्कृतिमा विकृति बढ्दै गयोः मदनकृष्ण श्रेष्ठ

No ads found for this position
No ads found for this position

काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए ।

उनले भने, ‘पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसंगति बढीरहेको छ । यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्पार र रितिरिवाजमा लाग्नुपर्छ । हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ ।’

लुःजः इन्टरटेन्मेण्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *