डुब्न लागेका कम्पनीहरूको शेयर बेचेर केही तस्कर व्यापारी दशैं-तिहारलगत्तै नेपालबाट भाग्दैछन्:  दुर्गा प्रसाई 

'४० खर्ब २६ व्यापारीको कब्जामा छ । जसका कारण उनीहरू त्यो पैसा लिएर भाग्दैछन्'

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपालमा व्यापार गदै आएका २६ परिवारका ५५ जना व्यापारीले पैसा आफूले गरेको लगानी कुम्ल्याएर भाग्ने तयारी गरिरहेको पाइएको छ ।

२६ जना व्यापारीका ५५ जना परिवारले सञ्चालन गरेको बिमा कम्पनी, पुनः बिमा कम्पनी, बैंक, सहकारीको शेयर र बैंकसँगै ऋण लिएर भाग्ने योजना बनाइरहेको मेडिकल व्यवसायी तथा नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईले बताएका छन् ।

४५ वर्ष अगाडी बर्माबाट व्यापार गर्न आएका १६ जना मारवाडी परिवारका व्यापारी र नेपालका १० जना व्यापारीहरूले अहिले युएई, सिंगापुर र हङकङमा पैसा लुकाएका छन् । जसका कारण नेपालको अर्थतन्त्र धराप परेपछि उनीहरूले अन्तिम विकल्पमा सहकारी, बैंक, बिमा, लघुवित्तलगायत अन्य संस्थाको शेयर खुलाउने र त्यही पैसा लिएर भाग्ने तयारीमा रहेको सूचना पाएको प्रसाईले जानकारी दिए ।

अहिले ५५ जना व्यापारीले लगानी गरेको सबै क्षेत्रबाट शेयर र बैंकबाट ऋण लिने काम भइरहेको छ । उनीहरू यसरी पैसा जम्मा गरेर भाग्नका लागि बाटो बनाइरहेको प्रसाईले बताए । ‘बैंकको निक्षेप ७५ प्रतिशत कुम्ल्याएर भाग्ने गरी पैसा जम्मा गरिहेका छन् । उनीहरू यसरी भागेपछि नीजि बैंक भने सबै डुब्छ । त्यसपछि नेपालमा महाआर्थिक मन्दी लाग्छ । त्यसपनि देशको अवस्था भन्ने सकिदैन ।’ उनले भने, ‘४० खर्ब तीनै २६ व्यापारीको कब्जामा छ । जसका कारण उनीहरू त्यो पैसा लिएर भाग्दैछन् । यो विषयमा मैले सरकार र सम्बन्धीत निकायलाई एक वर्षदेखि सचेत गराउँर्दै आएको छु । तर, वेवास्ता भइरहेको छ ।’

बर्माबाट छिरेका मारवाडीहरु अहिले भारतीय नोट तस्करी, सुन तस्करी, अवधै लागू औषधी र अन्य अवैध कार्यमा सलंग्न रहेको प्रसाईको भनाइ छ । प्रसाईले मात्र होइन पछिल्लो समय केही नेपाली व्यवसायीहरूले यो विषयमा अप्रत्यक्ष रूपमा बोल्न थालेका छन् ।

हाल नेपालमा ७/८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशमा आर्थिक मन्दीको एउटा कारण भएको प्रसाईको भनाइ छ । अर्थतन्त्रमा पनि कब्जा गरी दैनिक पैसा विदेश लैजाने गरेको र ४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा भएका कारण त्यो पैसा लिएर भाग्ने उनको दाबी छ ।

४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरू नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।

हाल मारवाडीका केही व्यापारी समुहले नेपालको ठुलो धन विदेशमा लुकाएर बसेको पाइएको सिआईबि प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । ती प्रहरी अधिकारीका अनुसार केही मारवाडी व्यवसायीले पैसामा विदेशमा लुकाएको र ती व्यवसायी भागिरहेको जानकारी दिए ।

तीनै बर्माबाट छिरेका मारवाडीहरु अहिले भारतीय नोट तस्करी, सुन तस्करी, अवधै लागू औषधी र अन्य अवैध कार्यमा सलंग्न रहेको प्रसाईको भनाइ छ । व्यवसायी प्रसाईले मात्र होइन पछिल्लो समय केही नेपाली व्यवसायीहरूले यो विषयमा अप्रत्यक्ष रूपमा बोल्न थालेका छन् ।

केही सिमिति मारवाडी व्यवसायीहरुका कारण नेपालको अर्थतन्त्र खतरामा परेको आरोप उनीहरूले लगाउने थालेका छन् । अरु व्यवसायी पनि बोल्न थाले, नेपालका एक उच्च व्यापारीका अनुसार नेपालका राजनीतिक दलका कारण नेपालको अर्थतन्त्रमा केही मारवाडी समुदायको मनपरी हुँदा अर्थतन्त्र धरापमा परेको छ ।

ललिता निवास प्रकरणको तीव्र छानविन भइरहेको अवस्थामा मारवाडी ब्यापारीहरू मध्ये केही काठमाडौबाट रातारात बेपत्ता भएका थिए । भने केही पक्राउ परी धरौटीमा छुटेका छन् । ललिता निवासको सरकारी जग्गा कब्जा गर्नेहरूमाथि कारबाहीको कानूनी प्रक्रिया सुरु भएपछि उनीहरू राजधानीबाट भागेर भारत र युएई पुगेको प्रहरीले छानविनमा भनिएको छ ।

मारवाडी केही व्यापारी समूहले नेपालको ठुलो धन विदेशमा लुकाएर बसेको पाइएको सिआईबि प्रहरीका एक अधिकारीले जानकारी दिएका छन् । ती प्रहरी अधिकारीका अनुसार केही मारवाडी व्यवसायीले पैसा विदेशमा लुकाएको र ती व्यवसायी भागिरहेको जानकारी दिए ।

कैलाशचन्द्र गोयल, श्रवण गोयल (मीनबहादुर गुरुङको निकटस्थ मित्र एवम् सनराइज बैकका मालिक), गोविन्द सङ्घइ, डिम्पल बङ्शल, सज्जन कुमार चाचान, शिवरतन शारडा, निर्मलादेवी गोयल, मनोज केडीया, मनोज गोयल, देवाङ्शी गोयल र सन्दिप कुमार शारडा सरकारी जग्गा हात पार्नेहरूमा यीनै मारवाडी व्यापारीको नाम प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रसाईले केही दिनभित्रै ४० जना तस्कर मारवाडी, १० जना नेपाली बिचौलिया र १० जना भ्रष्ट नेताहरुको फोटो सहित नाम सार्वजनिक गर्ने समेत जानकारी दिएका छन् ।

विगत एक वर्षदेखि मेडिकल व्यवसायी प्रसाईले वैदेशिक रोजगारी, तस्कर व्यापारी, केही मारवाडी व्यापारी, वैदेशिक अध्ययन र हाल देशमा देखिएको समस्याका विषयमा आवाज उठाउँदै आएका छन् ।

उनले भनेजस्तै पछिल्लो समय देशको अवस्था, राजनीतिक अस्थिर, आर्थिक तरलता, तस्करी र अन्य विषयमा बहस हुन् थालेको छ । प्रसाईले सार्वजनिक रुपमै उठाउँदै आएका समसामयिक विषय राजनीतिक दल र केही तस्करी व्यापारीका हकमा भने, चुनौतीका रूपमा खडा भएको छ ।



प्रतिक्रिया

2 thoughts on “डुब्न लागेका कम्पनीहरूको शेयर बेचेर केही तस्कर व्यापारी दशैं-तिहारलगत्तै नेपालबाट भाग्दैछन्:  दुर्गा प्रसाई 

Leave a Reply

Your email address will not be published. Required fields are marked *