सुरक्षित डिजिटल भुक्तानी बन्दै ‘नमस्ते पे’- नयाँ प्रयोगकलाई रु. ५०

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- ‘नमस्ते पे’ले सबैलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ चाडपर्व लाई लक्षित गरि नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ ।

जस अन्तर्गत ‘नमस्ते पे’ एप डाउनलोड गरि पूर्ण केवाईसी दर्ता गर्ने प्रयोगकर्ताहरूले रु. ५० प्राप्त गर्नेछन्। यो अभियान ०८० साल असोज १ गतेदेखि असोज १५ सम्म लागु हुनेछ।

एप डाउनलोड गरी पूर्ण केवाईसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु. ५० प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु. ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। मूल कागजातहरूको फोटो अपलोड गरेर केवाईसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक भए हुन‍छ।

‘नमस्ते पे’ नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।

आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्