पशुपतिमा हर्षोल्लासका साथ तीज मनाइँयो (फोटो/भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनहरुको भीड लागेको छ । दर्शनका लागि आज बिहान ३ बजेदेखि पशुपतिनाथका ४ वटै ढोका खोलिएका छन् ।

बिहान दर्शन गर्न आउने महिलाले आधा घण्टामै दर्शन गर्न पाएका थिए भने अहिले भीड बढेका कारण दर्शन गर्न एक घण्टा लाग्ने गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले लाइनको व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर र निःशुल्क पानी वितरणलगायतको कार्य गरिरहेको छ । तीजका अवसरमा ४ वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

@nagarik_press

पशुपतिनाथ मन्दिर परिसरमा तीजको रमझम teej teej festival

♬ original sound – Nagarik Press – Nagarik Press



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *