ईसेवा वालेटबाट पैसा पठाइ काठमाडौंमा घर पाउनुहोस् 

No ads found for this position
No ads found for this position

काठमाडौं- छोटो समयमै संसारका २ सय भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ‘ईसेवा मनि ट्रान्स्फर’ले डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन- ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै आएको छ।

स्क्वायर होटल, पुल्चोकमा सम्पन्नमा आयोजित कार्यक्रममा ईसेवा मनि ट्रान्स्फरले यस अभियान अन्तर्गत फेरी पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको छ।

कार्यक्रममा ईसेवा मनि ट्रान्स्फर र ईसेवा बीच सम्झौता परिस्थापना सँगै सुरु भएको थियो। यो अभियान असोज १ गते बाट सुरु भएर असार ३१ सम्म जारि रहने कम्पनी जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो।

यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि १० महिने योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा भएका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।

अभियानबारे एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, ‘यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं। ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ।’

यस्तै उनले रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा भएको बताए। उनले भने, ‘यो योजना मार्फत हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।’

अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।’

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, ‘इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने छ । यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ ।’

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ ।

ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३ हजार ८ सय भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *