एनसेल १ करोड ६० लाख नेपालीको अभिन्न अङ्ग भएकोमा हामीलाई गर्व छ : सिइओ

No ads found for this position
No ads found for this position

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८ औं वार्षिकोत्सव मनाएको छ।

वार्षिकोत्सव कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं प्रबन्ध निर्देशक जाब्बीर कायुमोभले १८ वर्षको यात्राका बारेमा भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली र नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं। एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ।’

उनले एनसेल देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार भएर काम गर्ने बताए। एनसेल तपाईंकै लागि हो र धेरै वर्ष निरन्तर यात्राका लागि हामी प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

१८ औं वार्षिकोत्सवमा एनसेलले ग्राहकहरुका लागि आकर्षक अफर समेत ल्याएको छ।

जसमा प्रत्येकले ‘एभी कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिनसम्म केही केही सेवा सरप्राइज लोयल्टी गिफ्ट पाउनेछन्।

यसका लागि ग्राहकले एण्ट्रिक्स १७११७ ह्यास डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य हुनछन्।

त्यस्तै, दैनिक उपहारमा ग्राहकले एनसेलका सेवाहरू कुनै पनि शुल्क बिना प्राप्त गर्न सक्छन्। प्रत्येक हप्ता एनसेलका १ हजार ग्राहकले १०० रुपैयाँ ब्यालेन्स पाउनेछन्। अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्।

साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्नका लागि ग्राहकहरूले अफर अवधिभर एनसेल सेवाहरू प्रयोग गरेको हुनुपर्छ। एनसेलको बारेमा रचनात्मक नारा एनसेल एप वा एनसेल वेबसाइटमार्फत एनसेललाई पठाउनु पर्नेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *