भिजिट भिसामा सेटिङ- पैसा नपुगे अध्यागमन प्रहरीले विमानस्थलमै समाउँछन्

'३ लाख रुपैयाँ नेपालीलाई नै घुस खुवाएर यूएई प्रहरीमा भर्ती भए'

No ads found for this position
No ads found for this position

काठमाडौं- सेतोपुल काठमाडौं का दिपेश क्षेत्री हाल यूएई प्रहरीमा कार्यरत छन् । उनी एक वर्षअघि मात्र भिजिट भिसामा यूएई पुगेका थिए । क्षेत्री काठमाडौंको एक ट्राभल एजेन्सीमार्फत गएका हुन् । मसँग आएका तीन जना साथीहरुलाई अध्यागमन प्रहरीले पैशा नपुगेका कारण रोकेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिए ।

‘मेरो चाँही सेटिङ पुगेका कारण आउन पाए । प्रहरीले नै तपाईं चाँही फिट भन्दै विमानस्थलभित्र छिरायो । तर, साथीहरुको चाँही सेटिङमार्फत पैशा नपुगेका कारण रोकिए ।’ उनले भने, ‘मैले चाँही एजेन्सीलाई ५ लाख तिरी भिजिट भिसामा यूएई आए । यूएई आएर ४ महिनपछि यहाँको प्रहरीमा ३ लाख रुपैयाँ नेपालीलाई नै घुस खुवाएर भर्ती भए । अहिले ऋण तिर्दै छु ।’

भिजिट भिसामा आएका प्राय सबै नेपाली म्यानपावर, एजेन्ट, ट्राभल एजेन्सी र प्रहरीको सेटिङमै आउने गरेको उनको दाबी छ । यूएईमा भिजिट भिसामा आएको नेपाली वैदेशिक रोजगारीको लोभ र उनीहरु सेटिङमैं आएको बताउने गरेको क्षेत्रीले जानकारी दिए ।

क्षेत्री जस्तै भिजिट भिसामा वैदेशिक रोजगारीमा बाहिर हिडेकी अमृता लिम्बुलाई एक महिनाअघि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कायो । धरान घर बताउने लिम्बु एजेन्टमार्फत यूएई हुँदै युरोपको रोजगारीमा जान लागेको बताइन् ।

इटहरीका कुशल चौधरीलाई ९ लाख रुपैयाँ तिरेपनि सेटिङ नमिलेका कारण आफू रोकिएको उसको आरोप छ । ‘सेटिङ मिलेका गए । हामी सेटिङ नमिलेका रोकियौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र एजेन्टको सेटिङमा आफु २ पटक यूएई पुगेर आएको हुँ । अहिले त्यस्तै कागतजात कसरी मिलेन त ?’ उनले भनिन्, ‘हाम्रो विमानस्थमा काम गर्ने कर्मचारी निष्पक्ष हुनुभन्ने ८० प्रतिशत नेपाली भिजिट भिसामा जान्न पाउँदैन् । भिजिट भिसामा गएका ९० प्रतिशत विदेशमै बसेर काम गर्छन । ९० प्रतिशत सेटिङमै जाने गरेका छन् ।’

भिजिट भिसामा जानेहरुको संख्या धेरै छ । तर, उनीहरु किन भिजिट भिसामा गएका हुन् भन्ने विमानस्लका कर्मचारीहरुलाई राम्ररी थाहा भएको उनी बताउँछिन् ।

क्षेत्री र लिम्बु त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता भिजिट भिसामा गएका धेरै विदेशमै समस्यामा पर्ने गरेका छन् भने कतिपय स्वदेशमै आर्थिक ठगिमा पर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनले औल्याएको छ।

विमानस्थलका अनुसार दैनिक ३ सयभन्दा धेरै भिजिट भिसामा विदेशीने गरेका छन् । यसरी भिजिट भिसामा जानेहरु रोजगारीका लागि नै जाने गरेको गृहमन्त्रालयको विभिन्न अध्ययनमा समेत उल्लेख छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यायगमनका प्रहरीहरु भने सटिङमा काम नहुने गरेको दाबी गदै आएका छन् भने भिजिट भिसाका लागि तस्करहरुसँग मिलेर काम गरेको आरोपमा विमानस्थलमा कार्यरत कर्मचारीहरु महिनैपिच्छे सरुवा समेत हुँदै आएका छन् ।

चार हजार फर्किए, ३० हजार बाहिरिए

भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा बढी नेपालीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

भिजिट भिसा लगाएर रोजगारीका लागि विभिन्न देश हिँडेको र मानव बेचबिखन तथा मानव तस्करीको जोखिममा पर्न सक्ने उच्च जोखिम भएको अशंकामा प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने जनाएको छ ।

२०७९ वैशाख यता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार एक सय ७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । यो अवधिमा ३० हजारभन्दा धेरै नेपाली भिजिट भिसामा बाहिरिएका छन् ।

यस्तै, ६ महिनायता यूएई, ओमान, कतार, कुवेत र बहराइनजस्ता देशमा भिजिट भिसामा जान खोज्ने २१ सय ५ महिला र ९ सय ९६ जना पुरुष गरी ३१ सय १ जना रहेका छन् । भिजिट भिसामा सर्बिया, पोर्चुगल, टर्की, साइप्रसजस्ता देशमा भिजिट भिसामा जाने ११ जना, अजरबैजान, अफ्रिकी देशहरू जान खोज्ने १५ जना र पूर्वी एसियाका देशहरू म्यानमार, लाओस, कम्बोडिया, थाइल्याण्ड लगायतका देश जान खोज्ने ४४ जनालाई विमानस्थलबाटै फर्काइएको ब्यु्रोको तथ्यांकमा छ ।

गएको वैशाखदेखि अहिलेसम्म साढे दुई महिनाको अवधिमै १ हजार ७ सय ११ जनालाई प्रहरीले विमानस्थलबाट परामर्श गरी फर्काएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

गएको वर्षको माघदेखि अहिलेसम्म करिब ६ महिनाको अवधिमा मात्रै ३ हजार १ सय ७१ जना फर्काइएको छ । उनीहरू मध्ये २ हजार १ सय २६ जना महिला रहेका छन् भने एक हजार ४५ जना पुरुष रहेको उनले बताए ।

‘विमानस्थलबाट फर्काइनेमा सबैभन्दा धेरै महिला रहेका छन् । जसका कारण मानव भिजिट भिसाको वाहानामा वैदेशिक रोजगारीमा कामदार ओसार्ने काम भइरहेको छ । कतिपयलाई त एजेन्टहरूले नै राहदानी बनाउनेदेखि सबै प्रक्रियामा पैसा खर्च गरेकोसमेत पाइन्छ ।’ उनले भने ‘भिजिट भिसामा खाडीका देश जान खोज्ने धेरै भेटिन्छन । कतिपयसँग हातमा प्रहरी रिपोर्ट, मेडिकल जाँचको कागजात पनि भेटिन्छ । भिसा भिजिट हुन्छ तर सोधपुछ गर्दै जाँदा उहाँ काम गर्नका लागि हिँडेको भन्ने प्रमाण भेटिइहाल्छ ।’

भिजिट भिसामा हिँडेका र बेचबिखन तथा तस्करीको जोखिममा पर्ने जोखिम भएकाहरू मध्ये धेरैजसो खाडीका देशमा जान खोज्नेहरू रहेको ब्युरोले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *