चिकित्सक कुटपिटको विरोधमा स्वास्थ्य सेवा बन्द, ७८ जनाले दिए सामूहिक राजीनामा

No ads found for this position
No ads found for this position

मकवानपुर- चिकित्सक कुटपिटको घटनालाइ लिएर मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा सबै बन्द गरिएको छ ।

गत बुधबार हेटौँडा उपमहानगरपालिका-१ स्थित सन्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो ।

उपचार सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै चिकित्सक आन्दोलित भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले जानकारी दिए ।

उक्त घटनाको विरोधमा हेटौँडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उनको भनाइ छ । उनका अनुसार अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द छन् । जिल्लाका अन्य अस्पताल तथा क्लिनिकमा पनि आकस्मिक र फार्मेसी सेवामात्रै सञ्चालनमा रहेको उनले बताए ।

उक्त घटनालाई लिएर हेटौँडा अस्पतालका ७८ चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएको उनले बताए ।

डेङ्गु सङ्क्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौँडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटपिट गरेका थिए । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *