सहकारीमा राजनीति गर्नु हुँदैन : उपाध्यक्ष पोख्रेल 

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

धनकुटा- स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा दमकमा मंगलबार सम्पन्न भएको छ ।

स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी महासङ्घ नेपालका उपाध्यक्ष कार्यक्रमका प्रमुख अतिथि रमेश प्रसाद पोख्रेलले सहकारी सबैको साझा भएको बताए ।

सहकारीका सात सिद्धान्तलाई पालना गरी सहकारीको मूल्य र मान्यतालाई आत्मसाथ गरी अगाडि बढ्नु पर्ने र संस्थामा राजनीति गर्न नहुने पोख्रेलले बताए ।

झापाको दमक-६ मा केन्द्रीय कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा श्रृण सहकारी संस्था लिमिटेडले संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

आर्थिक वर्ष ०७९/८० को असार मसान्त सम्ममा १ अर्ब १९ करोड बढिको कारोबार गरेको संस्थाले ६३ करोड भन्दा बढी निक्षेप बचत संकलन गरेको छ । ११ करोड ३२ लाख ८४ हजार शेयर संकलन भएको छ ।

१३ करोड ६३ लाख ९८ हजार ७ सय बढिको कोष निर्माण भई ९८ करोड भन्दा बढी श्रृण लगानी गर्न सफल स्वर्णलक्ष्मीले यस आर्थिक वर्षमा २ करोड २५ लाख भन्दा बढी बाह्य श्रृण भुक्तानी गरेको छ ।

सहकारीले साधारण सभाको अवसरमा कर्मचारी प्रोत्साहन तथा पुरस्कारबाट उत्कृष्ट कर्मचारी, सहकारी संचारकर्मी सम्मान तथा पुरस्कारबाट सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने मन कुमार गधाल, उत्कृष्ट नम्बर ल्याउने बिध्यार्थीलगायतलाई नगद सहित सम्मान गरेको छ ।

२०६६ सालमा स्थापना भएको यस सहकारीले स्थापना कालदेखि नै रक्तदान, स्वास्थ्य शिविर, ज्येष्ठ सदस्य तीर्थाटन,  बुहारी स्वागत कार्यक्रम, दीर्घ रोग राहातकोष मार्फत आर्थिक सहयोग, सदस्य सुत्केरी खर्च, सर्पदंश उपचार खर्च बापत नगद भुक्तानीलगायतका सुविधाहरू सदस्यहरूलाई प्रदान गर्दै आएको सहकारी संस्था लिमिटेडका अध्यक्ष बुद्दिसागर बरालले जानकारी दिए ।

उक्त संस्थाको असार मसान्त सम्ममा ८ हजार ४ सय ९४ शेयर सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्