एसिया कप- एक खेल बाँकी छँदै भारत फाइनलमा

No ads found for this position
No ads found for this position

काठमाडौं- भारत एसिया कपको फाइल प्रवेश गरेको छ। श्रीलंकासँग कमजोर ब्याटिङका बाबजुद ४१ रनको जित निकाल्दै फाइल प्रवेश गरेको हो।

सुपर फोरमा १ खेल बाँकी छँदै भारतले फाइनलमा स्थान पक्का गरेको हो। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४९.१ ओभमार १० विकेट गुमाउँदै २ सय १३ रनमा समेटिएको थियो।

भारतका लागि रोहित शर्माले ५३, केएल राहुलले ३९, इशान किसनले ३३, अक्षर पटेलले २६ र शुभमन गिलले १९ रन बनाए।

भारतविरुद्ध उत्कृष्ट बलिङ गर्ने क्रममा श्रीलंकाका दुनिथ वेल्लालगे एक्लैले ५ विकेट लिएका थिए। दुनिथले रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल र हार्दिक पान्ड्यालाई आउट गरेका थिए। यस्तै, चरिथ असलंकाले ४ विकेट लिए। महीश थिकसनाले १ विकेट लिएका थिए।

भारतविरुद्ध उत्कृष्ट बलिङका बाबजुद ब्याटिङमा भने श्रीलंकाले २ सय १४ रनको सामान्य लक्ष्य पनि भेट्टाउन सकेन। भारतको कसिलो बलिङका सामू ४१.३ ओभर मैदानमा टिकेको श्रीलंकाले १ सय ७२ रन मात्रै बनाउन सक्यो।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतका कुलदीप यादवले ४ विकेट लिए। यस्तै जसप्रित बुमराह र रवीन्द्र जडेजाले समान २-१ विकेट लिए भने मोहम्मद सिराज र हार्दिक पाण्ड्याले १-१ विकेट लिए।

अबको खेलमा पाकिस्तानलाई हराउन सके श्रीलंकाले फाइनलमा स्थान पक्का गर्नेछ। श्रीलंका र पाकिस्तानको खेल बिहीबार हुनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *