महिला खेलाडीलाई चुम्बन गरि विवादमा आएका रुबियल्सले दिए राजीनामा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- खेलाडीलाइ चुम्बन गरि विवादमा आएका स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रुबियल्सले राजीनामा दिएका छन्।

उनले महिला विश्वकप फुटबलको फाइनलपछिको पुरुस्कार वितरण कार्यक्रममा स्पेनकी फरवार्ड जेनी हर्मोसोलाई चुम्बन गरेका थिए।

इङ्ल्याण्डलाई १-० गोलले हराएर विश्वकपको उपाधि जितेको खुसीयाली मनाउँदै रुबियल्सले ३३ वर्षीया हर्मोसोलाई चुम्बन गरेका थिए। उक्त चुम्बन सहमतिमा नभएको भन्दै उनले उजुरी समेत दिएकी थिइन्।

रुबियल्सले महासंघका कार्यवाहक अध्यक्ष पेड्रो रोचालाई एक विज्ञप्ति जारी गर्दै राजीनामा बुझाएको बताएका छन्। ४६ वर्षीय रुबियल्सले युइएफएको कार्यकारी समितिको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका छन्।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्