धनकुटेलीले मनाए तीज, आपत्कालीन कोषलाई सुनिल थापाले दिए ८० हजार (फोटो फिचर)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- धनकुटा-काठमाडौं सम्पर्क समाज तथा धनकुटा-काठमाडौं सांस्कृतिक समाजले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार काठमाडौंको बाँसबारी स्थित होटेल अमुप्रस्तामा तीज विशेष कार्यक्रम २०८० एक सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको हो।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार तथा पूर्वमन्त्री सुनिलबहादुर थापाले तिज विशेष कार्यक्रमको आयोजना गरेकोमा धनकुटा-काठमाडौं सम्पर्क समाज तथा धनकुटा-काठमाडौं सांस्कृतिक समाजलाई विशेष धन्यवाद दिए ।

तीजको उपलक्ष्यमा उपस्थित सबैलाई तीज पर्वको शुभकामना दिँदै थापाले भने, ‘आज यो अवसर एकले अक्रो लाई चिन्ने दिनको अवसर पनि हो । सबैले खुसी साट्दै चिनजान नभएकाहरूले एकले अर्कोसँग चिनजान गरि रमाएर तिज मनाउँदै खुसी बाँडौँ ।’

यस्तै उनले तीज नेपालीको संस्कार र पहिचान भएकाले यसले हामी सबैलाई एकै ठाउँमा बाँधेको बताए।

थापाले भने, ‘अहिले नेपालीहरुको संस्कार र पहिचान लोप हुँदै गएको छ । आज धनकुटा समाजले कार्यक्रम आयोजन गरी हाम्रो रीतिरिवाज, संस्कृति र पहिचानलाई जोगाएको छ । हाम्रा आउने पुस्तालाई पनि यो चिनाउनु पर्छ ।’

धनकुटा-काठमाडौं सम्पर्क समाजले आपत्कालीन उद्धार कोषको पनि थालनी गरेको छ । कोषले धनकुटाको आपत् विपथमा काम गर्ने जनाएको छ । आपत्कालीन उद्धार कोषलाई राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले रु. ५० हजार नगद र ३० हजारको जिन्सी सहयोग गरेका छन् ।

यस्तै आपत्कालीन उद्धार कोषलाई अजितनाराण सिंह थापाले रु. १० हजार, अरुण सुवेदीले रु. १० हजार, भिमबहादुर गिरीले रु. १२ हजार ८ सय र भुवनकुमार वाग्लेले रु. ५ हजार सहयोग गरेका छन् ।

कार्यक्रममा धनकुटा-काठमाडौं सम्पर्क समाजका अध्यक्ष चन्द्रबहादुर बस्नेत, कलाकारहरू दिपक आचार्य (काकु) सम्भु राई, कृष्ण भक्त राई, चित्र राई, श्रेय राई, अमित परियार, राजन राई, जीवन राई, कर्णराज गिरी, कविता बराईली, नन्दु राई, सुनिता लिम्बु लगायत काठमाडौंमा बसोबास गर्ने र विभिन्न पेसागत आबद्ध व्यवसायी तथा राजनीतिक दलका नेता लगायतको उपस्थिति थियो ।

तस्बिरहरू: कुमार थापा ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्