यस वर्षको मनसुनी वर्षा असोज १५ गते सम्म रहने

No ads found for this position
No ads found for this position

काठमाडौं- यस वर्ष आगामी असोज १५ गते सम्म मनसुन जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत जेठ ३१ गते बाट नेपालमा मनसुन सुरु भएको थियो ।

महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुनी वर्षा जारी रहेको र आगामी तीन दिन हल्कादेखि मध्यम वर्षा हुनेछ । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मौसममा बदली हुनुका साथै वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

हिजो काठकाडौं लगायत देशका विभिन्न भागमा मेघ गर्जन र चट्याङसहित वर्षा भएको थियो। आज पनि देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *