पसिना निकाल्न पाङ्ग्रा नभएको साइकल एक घण्टा चलाउँछु : हरिवंश आचार्य

No ads found for this position
No ads found for this position

काठमाडौं- वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साईकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताए । उनले काठमाडौंमा सडकहरुमा साइकल चलाउने वातावरण नभएको बताए । आचार्यले स्वच्छ वायुका लागिपनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

उहाँले मानव स्वास्थ्यका लागि पनि साईकल यात्रा उपयुक्त हुने बताए । साईकलले प्रदुषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदुषण बढाउने भएकाले साईकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताए ।

आचार्यले भने, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतिक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ ।’

यस्ते आँफू हरेक दिन एक घण्टा साइकल चलाउने आचार्यले बताए । उनले भने, ‘एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो । केही समय अगाडी पोखरामा साईकल र्‍याली हुँदाखेरी ३५ किलोमिटर साईकल चलाएको हो । साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन । साइकल चलाउने ठाउँको साह्रै ठूलो अभाव छ ।’

काठमाडौंमा साइकल चलाउँदा ज्यानको माया मारेर चलाउनु पर्ने आचार्यले बताए । उनले भने, ‘मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाईकलले संसारलाई नै प्रदुषित गर्दिसक्यो । शहरमा हिँड्दाखेरी मोटरसाईकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो । डरै डरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्र्ण यात्रा नै हुन जान्छ । हो, साईकल चढ्नुपर्छ । साइकलले प्रदुषण घटाउँछ । डीजेल पेट्रोलका साधनले प्रदुषण बढाउँछ । नयाँ संरचनाहरु बनिरहेका छन्, नयाँ रिङरोडहरु बनिरहेका छन्, तर त्यसमापनि साईकल लेन छुट्याउन कञ्जुस्याँई गरिरहेका छौं। ह्वीलचीयरमैत्री सडकलाई प्राथमिकता दिनुपर्छ । शहरको नीति निर्माणमा साईकल यात्रा र ह्विलचियर यात्राका लागि राम्रो निति बनाउनुपर्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *