खेलाडीलाई डोपिङसम्बन्धि व्यवहारिक ज्ञान दिँदै राखेप

No ads found for this position
No ads found for this position

काठमाडौं- अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता हुने क्रममा नेपाली खेलाडीहरूमा डोपिङ लगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागी हुने क्रममा खेलाडीबाट भएका गल्ती र कमी कमजोरीका कारण नेपालले जरिवाना पनि तिर्नुपरेका घटनाहरू छन् । तर, यस पटक भने नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले अन्तर्राष्ट्रिय प्रतियोगिता अगाडि डोपिङलगायत अन्य व्यवहारिक पक्षमा खेलाडीलाई शिक्षा प्रदान गरिरहेको छ ।

वाडाले प्रतिवन्धित गरेको औषधि खेलाडीले अज्ञानतापूर्वक प्रयोग गरेमा पनि त्यसलाई डोपिङ मानिन्छ । जसको कारण खेलाडीको करियर नै समाप्त हुनसक्छ । त्यसैले खेलाडीलाई डोपिङसम्बन्धि पूर्ण ज्ञान आवश्यक हुन्छ ।

चीनको हाङझाव शहरमामा आगामी सेप्टेम्बर २३ देखि १९ औं एशियाली खेलकुद हुँदै छ । सोही प्रतियोगिता अगाडि राखेपले खेलाडीहरूहरूलाई प्राविधिक प्रशिक्षणसँगै अन्य विभिन्न पक्षमा शिक्षित गराउने काम गरिरहेको छ ।

उक्त एशियाली खेलकुदमा नेपालका २९ खेलका २३४ खेलाडीले प्रतिष्पर्धा गर्दैछन् । सोही खेलकुदलाई लक्षित गरेर राखेपले उनीहरूको प्रदर्शन आत्मबल मिल्ने किसिमका कार्यक्रमहरू सञ्चालन गरेको छ । यसअघि डोपिङ शिक्षा प्रदान गरेको राखेपले शनिबार डाइनिङ इटिक्विटी ओरियन्टेसन कक्षा सञ्चालन गरेको छ ।

लगनखेलमा भएको ओरियन्टेसनमा एशियाली खेलकुदमा सहभागी हुने खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको थियो । ओरियन्टेसन कक्षालाई चार चरणमा सञ्चालन गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको १९औं एशियाली तयारी समितिले यी कार्यक्रम सञ्चालन गरेको हो ।

साथै राखेपले अब तेस्रो चरणमा खेलाडीहरूको मोटिभसनको कार्यक्रम पनि सञ्चालन गर्दैछ । राखेपले १९औं एसियाडमा खेलाडीहरूको प्रदर्शनमा उच्च आत्मबल बढ्ने अन्य कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *