३ सयले बढ्यो आज सुनको मूल्य

No ads found for this position
No ads found for this position

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ ।

बुधबार तोलाको रु. एक लाख १२ हजार पाँच सय रहेको सुनको मूल्य आज प्रतितोला रु. एक लाख १२ हजार आठ सय निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार दुई सय ५० कायम भएको छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु. एक लाख ११ हजार नौ सय ५० थियो ।

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला आज रु. पाँचले घटेर रु. एक हजार चार सय ८० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *