पाल्पामा जिप दुर्घटना हुँदा ३ को मृत्यु ८ जना घाइते

No ads found for this position
No ads found for this position

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको जिप पाल्पाको जोर्तेमा माथिबाट खसेको सुक्खा पहिरोले पुरिँदा तीनै जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

मृत्यु हुनेमा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा, जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत पाल्पाका प्रहरी हवल्दार अन्दाजी वर्ष ३२ का यमबहादुर गोदार र पोखरा महानगरपालिका- २५ का विनोद तिम्सिना रहेका छन्।

दुर्घटनामा ८ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *