क्रिकेटको विश्व नम्बर एक पाकिस्तानसँग भिड्दै नेपाल

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा आज नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ।

नेपालले विश्व क्रिकेटका महारथी भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कासँग प्रतियोगितामा सहभागिता जनाउन पाएको छैन। एसिया कपको १६ औँ शृङ्खलामा आइपुग्दा मात्र पहिलो पटक नेपालले यी देशसँग क्रिकेट खेल्ने भएको छ।

नेपाल र पाकिस्तानको खेल आज मुल्तान रङ्गशालामा बाट उद्घाटन हुने छ। उक्त रङ्गशाला ३० हजार दर्शक क्षमताको रहेको छ ।

यस्तै नेपालले भदौ १८ गते श्रीलङ्कमा हुने खेलमा भारतको सामना गर्ने छ। नेपाल, पाकिस्तान र भारत एसियाली कपको एउटै समूहमा परेका छन्।

यसअघि एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। यसअघि एक पटक छनोट भए पनि एसिया कप आयोजना नभएका कारण एसियाको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन सकेको थिएन।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्