माधव कुमार नेपालमाथि छानविन गर्नू भन्ने आदेश अदालतले दिएको छैन : जगन्नाथ खतिवडा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आइतबार देखि सुरू हुने पोलिटव्युरो र भदौ ५ देखि सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय भएको बताएका छन् ।

शनिबार बसेको सचिवालय बैठकले दुबै बैठकका लागि एजेण्डा तय गरेको उनले बताए। बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यनीतिका विषयमा पनि छलफल भएको उनले बताए।

‘आजको बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाका विषय टुंगो लगाएको छ। केन्द्रीय कमिटीमा प्रस्तुत गरिने एजेण्डाहरू पोलिटव्युरो बैठकमा पनि छलफल हुन्छ,’ उनले भने।

बैठकमा ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशका विषयमा पनि छलफल भएको उनले बताइए। उनले अध्यक्ष नेपालको बचाउ गर्दै सर्वोच्च अदालतले नाम तोकेर कुनै आदेश नदिएको बताए।

‘छानविन आवश्यक परे कसैलाई नछोड्नु भनेको हो। पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि नै छानविन गर्नू भन्ने आदेश दिएको होइन,’ उनले भने।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्