कलाकार भइसकेपछि ओपन भएकै राम्रो : अभिनेत्री सुरक्षा पन्त (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली चलचित्र जुलेबीको प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।

प्रिमियर शोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताइन् । गम्भीर र कन्ट्रोभर्सी एवं सेन्सेटिभ विषयवस्तु नउठाउने हो भने कलाकार र अन्य नागरिकमा फरक नहुने उनले बताइन् ।

उनले चलचित्रमा न्युड सिन दिँदा केही डर लागेपनि सेन्सर बोर्डले यत्ति स्वतन्त्रता दिएकोमा खुशी व्यक्त गरिन । त्यस्तै फिल्म हेरिसकेपछि चलचित्रका अभिनेता सुशील सिटौलाले आफूले फिल्मका लागि बेस्ट दिएको र अझै आगामी दिनमा बेस्ट दिँदै जाने बताए । उनले अभिनेत्री उषा रजकले कलाकारिता गरेर मात्रै घरमा चुलो नबल्ने बताए । धेरै बजेट पाउने आशामा आफूले काम नगरेको पनि उनले बताए ।

सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ ।

एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन् । विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन्।

@nagarik_press

कलाकारलाई स्वतन्त्रता चाहिएको छ : सुरक्षा पन्त #surakchhyapanta

♬ original sound – Nagarik Press



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *