‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्दै गरिमा विकास बैंक

No ads found for this position
No ads found for this position

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले हरेक नेपालीहरूको ‘आफ्नै घर-आफ्नै व्यवसाय’ को सपनालाई साकार पार्ने भएको छ।

बैंकले यो सपनालाई साकार पार्न ११.९९ प्रतिशत ब्याजदरमा गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई आवधिक कर्जा सार्वजनिक गरेको छ ।

कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको दुई दिनभित्र स्वीकृत हुने गरिमा सरल घर कर्जा र गरिमा सरल एसएमई कर्जाको ब्याज सात वर्षसम्म निश्चितमा ११.९९ प्रतिशत रहने छ ।

११.९९ प्रतिशतको निश्चित तथा आकर्षक ब्याजदरमा घर खरिद वा निर्माण गर्नको लागि गरिमा सरल घर कर्जा र व्यवसाय/उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक कर्जा सुविधा लिन इच्छुक ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १ सय २१ शाखा कार्यालय, ५० एटीएम र डिजिटल बैंकिङ्ग मार्फत ग्राहक लाई अत्याधुनिक र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *