बाढीको बितण्डा, मुस्ताङको कागबेनीमा २ दर्जन घर बगायो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४ कागबेनीधाममा आइतबार साँझ आएको बाढीले दुई दर्जन घर बगाएको अनुमान गरिएको छ।

कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्‍याएको हो।

बाढीले स्थानीयको घर, पसल, होटल, प्रहरी चौकी भवन, वडा कार्यालय लगायतका घर पूरै बगाएको छ।

यस्तै कागबेनी खोलामा आएको बाढीले धार्मिक श्रद्धास्थल र मन्दिर पनि बगाएको छ।

बाढीले अस्थायी काठेपुल र जोमसोम-कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्