गोरखापत्रका सल्लाहकार सम्पादकले मर्यादा र आचरण पालना नगरेकोमा कर्मचारी संघको आपत्ति

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जनले मर्यादा र आचरण पालना नगरेकोमा गोरखापत्र कर्मचारी संघले आप्पति जनाएको छ ।

संघले मंगलबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मन्त्रिपरिषदबाट सल्लाहकार सम्पादकमा नियुक्त भएका उपेश महर्जनले मर्‍यादा र आचरण पालना नगरी छुट्टै स्वार्थ समूह बनाई अशोभनीय र अमर्‍यादित कार्य गरेको सुनिएकाले यो संघ उक्त दुस्प्रयासप्रति घोर भत्सर्ना गर्दै तत्काल यस्तो कार्‍य वन्द गर्न सचेत गराउँछ ।’

महर्जन करिब डेढ दशक संस्थानमा अति सामान्य जिम्मेवारीमा रहेका व्यक्ति भएकाले संस्थानकै गरिमामय पदमा मन्त्रिपरिषदबाट नियुक्ती पाउनु गौरव र सम्मानको विषय हुनुपर्ने र सोहीअनुसार मर्यादित प्रयत्नहरु गरिनु पर्नेमा राष्ट्रिय राजनीतिको वाध्यात्मक परिस्थितिले अनिवार्य बनेको गठवन्धनमा उक्त सरकारले गरेको निर्णयमाथी नै गम्भिर प्रश्न खडा हुने काम तत्काल र पूर्णरूपमा बन्द गर्न संघले अनुरोध गरेको छ ।

यस्तै गोरखापत्रमा कार्यरत १२ जना पत्रकारको तत्काल म्याद थप गर्न पनि कर्मचारी संघले माग गरेको छ । संस्थानका संवेदनशील सूचनाहरु जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्तलिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुस्कार्य भएको प्रति संघले आप्पति जनाएको छ।

संस्थानमा विगत लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीका वारेमा संस्थानकै कर्मचारीको उजुरीलाई आधार मानेर राष्ट्रिय सतर्कता केन्द्रले छानविन गर्ने नाममा १२ जना पत्रकारको करार अन्त्य गर्न र संस्थानका ५ जना पदाधिकारी/कर्मचारीलाई कारवाही गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको विषयमा यस संघले गम्भीर ध्यानाकर्षण भएको भएको जनाएको छ ।

जटिल विषयमा गहन रुपमा छानविन पश्चात निर्देशन गरिनुपर्नेमा अत्यन्त हतारमा निर्देशन दिएको बिषय र मिडियामा छताछुल्ल हुनुले एकातर्फ सम्मानित संस्थाको भूमिकामा प्रश्न गर्नुपर्ने अवस्था निम्त्याएको छ भने अर्कोतर्फ संस्थानका इमान्दार कर्मचारीको मर्यादामा आँच पुगेको संघको निष्कर्ष छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संस्थानमा केही समयदेखि अनुशासनहीनता बढ्दै गएको छ । संस्थानका संवेदनशिल सूचनाहरु जिम्मेवार ठाउँबाट प्रेसलाई वितरण गर्ने, आधारहीन विषयमा हस्तलिखित उजुरी गरेर कार्य वातावरण धमिल्याउने दुस्कार्य भइरहेको पाइएको छ । यसमा व्यवस्थापनले छानविन गरि कडा कारवाही गर्न सख्त जरुरी छ । संस्थानका सम्पूर्ण पदाधिकारी/पत्रकार/कर्मचारी सबैलाई संयमताका साथ अधिकार सँगसँगै कर्तव्य निर्वाह गर्नसमेत हार्दिक अपिल गर्दछौं ।’

गोरखापत्र कर्मचारी संघका अध्यक्ष सुचु सेन शाहले जारि गरेको विज्ञप्ती यस्तो छ-



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्