प्रधानमन्त्री प्रचण्ड सेप्टेम्बरमा चीन जाने

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी सेप्टेम्बरमा चीनको भ्रमणमा जाने छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रधानमन्त्रीले सेप्टेम्बर तेस्रो-चौथो साता चीनको भ्रमण गर्ने जानकारी दिए ।

मन्त्री साउदले भ्रमणको तयारी अवस्थामा रहेको बताए। उनले वर्तमान सरकार सदैव छिमेकी तथा मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउने र निरन्तरता दिन पक्षमा रहेको स्पष्ट पारे ।

वर्तमान सरकार गठनपछि प्रधानमन्त्री दाहालको फलदायी भारत भ्रमण भएको उल्लेख गर्दै मन्त्री साउदले सो अवसरमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *