पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खान लाहोरस्थित निवासबाटै पक्राउ परेका छन्।

गैरकानुनीरूपमा सरकारी उपहार बेचेको अभियोगमा खानलाई तीन वर्षको जेल सजाय ट्रयाल कोर्टले सुनाएपछि उनलाई पक्राउ गरिएको हो।

पार्टी प्रवक्ताले प्रेस विज्ञप्ति जारी गर्दै फैसलामा विभेद् भएको बताए। तेहरिक-ए-इन्साफले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने जनाएको छ।

जेल सजायसँगै पूर्व प्रधानमन्त्री खान पाँच वर्षसम्म चुनाव लड्न पाउने छैनन्।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्