सुन तस्करीमा मेरो संलग्नता छैन : पूर्वसभामुख महरा

No ads found for this position
No ads found for this position

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएकोमा उनले आपत्ति जनाएका छन् । बिहीबार सामाजिक संजालमार्फत महराले आफू सुन तस्करी प्रकरणमा संलग्न नरहेको जिकिर गरेका हुन् ।

सुन तस्करीमा महराका बाबुछोरालाईको नाम जोडिएर सञ्चारमाध्यममा समाचार आएको छ । महराले आफ्नो नाम उल्लेख गरिएको मोबाइल नम्बरसमेत आफ्नो नभएको बताएका छन् ।

महराले भनेका छन्, ‘केहीदिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको बिषय यसअघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *