बौद्ध र जोरपाटीमा गुण्डागर्दी गरि रकम असुल्ने पाँच जना पक्राउ

No ads found for this position
No ads found for this position

काठमाडौं- काठमाडौंको बौद्ध र जोरपाटीमा सर्वसाधारण व्यक्तिहरूसँग अनावश्यक विवाद गरी डरत्रास देखाइ कुटपिट गर्ने र गैरकानुनी रूपमा रकम असुल्ने पाँच जना गुण्डा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगा गाउँपालिका वडा नं. ६ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी बस्ने २८ को बाफ्ले भन्ने विक्की लामा, सिन्धुपाल्चोकको मेलम्चीका ३४ वर्षीय श्यामबहादुर लामा, मेलम्चीका ३६ वर्षीय भीमबहादुर बस्नेत, ३५ वर्षीय गोविन्द गजमेर र चौताराका ३५ वर्षीय प्रविण तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार जोरपाटीबाट पक्राउ गरेको हो । उनलाई गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि आज प्रहरी वृत्त बौद्ध, काठमाडौंमा पठाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *