प्रधानमन्त्री पत्नी दाहालको निधन, आजै अन्त्येष्टि गरिने

No ads found for this position
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । सीता दाहाल लामो समयदेखि अर्धचेत अवस्थामा थिइन् ।

सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि उनको पार्थिक शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिनेछ र दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचिवालयले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *