पूर्वको बाढी पहिरोबाट जलविद्युतमा नौ अर्ब बढीको क्षति

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । असार १ र २ गते पूर्वमा आएको बाढी पहिराका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर र भोजपुरमा असार १ र २ गते आएको बाढीबाट जलविद्युत् गृह बगाउँदा आठ अर्ब ८४ करोडको क्षति पुगेको बताएको हो ।

इपानका अध्यक्ष गणेश कार्कीले पूर्वमा आएको बाढ पहिराबाट सञ्चालनमा रहेका १३ र निर्माणाधीन १७ गरी ३० जलविद्युत् आयोजनामा क्षति पुग्दा लगानीकर्ता ठुलो मारमा पर्नुका साथै अर्बौँ लगानी जोखिममा परेको बताए । त्यसका कारण एक सय ३३ मेगावाट उत्पादन ठप्प हुन पुगेको छ । तीस जलविद्युत् आयोजनामा क्षति पुग्दा २० लाख सर्वसाधारण तथा स्थानीय लगानीकर्ताको लगानी जोखिममा परेको अध्यक्ष कार्कीले बताए ।

इपानको टोलीले क्षतिग्रस्त आयोजना पुनर्निर्माणका लागि नेपाल राष्ट्र बैङ्कबाट पुनरकर्जा उपलब्ध गराउन, निर्माणाधीन आयोजनामा उत्पादन सुरु गर्नुपर्ने मिति दुई वर्ष थप गर्न, सञ्चालनमा रहेका आयोजनाको पुनः विद्युत् उत्पादन नभएसम्म रोयल्टी मिनाहा गर्न, पुनर्निर्माणका लागि आवश्यक पाट पुर्जा आयातमा भन्सार तथा भ्याट छुट दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ । -रासस



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्