किवी खेतीमा आकर्षित हुँदै किसान

No ads found for this position
No ads found for this position

गल्याङ- किवीको मूल्य र बजार राम्रो भएपछि स्याङ्जामा बहुउपयोगी फल किवीको व्यावसायिक खेती हुन थालेको छ । स्वादिलो र औषधीय गुणका कारण किवीको माग र मूल्य बजारमा उच्च छ ।

फेदीखोला गाउँपालिका–१ कटुसस्वाराका कृषक शिव पराजुली ‘सुखानी’ लेमोर्डन कृषि फार्ममा गरेकोकिवी खेतीबाट मनग्य आम्दानी लिइरहेका छन् । आठ वर्ष अघि सुरु गरेको व्यवसाय फस्टाउँदो छ । उनले वार्षिक रु तीन लाखदेखि रु चार लाखसम्मको किवी बिक्री गर्ने गरेको बताए । उनले गाउँमै छ रोपनी जग्गामा किवी खेतीसँगै दुई हजार कुखुरा पनि पालेका छन् ।

‘आठ वर्ष पहिले धान रोप्न ठिक्क पारेको खेतमा किवीका बिरुवा लगाएको थिए’ पराजुलीले भने- ‘अहिले किवीले राम्रो उत्पादन दिएको छ, किवीकै आम्दानीले घरखर्च पनि चलाएको छु ।’ उनले उत्पादित किवी बिक्री लागि बजारको समस्या नभएको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *