उत्तरी गोरखाको स्याउलाई ‘ब्रान्डिङ’ गरिँदै

No ads found for this position
No ads found for this position

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाभित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्रान्डिङ गरिने भएको छ ।

गाउँपालिकाले पालिकाभित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामकरण मनास्लु राखेर ‘ब्रान्डिङ’ गर्ने घोषणा गरेको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री स्याउको राम्रो उत्पादन हुने गाउँपालिका हो’, उनले भने- ‘गाउँपालिकाको आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पालिकाभित्र उत्पादित स्याउको नामकरण गरी मनास्लु स्याउ राखेर बजारसम्म पुर्‍याउने गाउँपालिकाको नीति रहेको छ ।’

सडक यातायातको पहुँच नपुगेकाले चुमनुब्रीमा उत्पादन हुने स्याउ बजारसम्म पुर्‍याउन पनि कठिन हुने र हेलिकप्टरबाट ढुवानी गरेर बजारमा पुग्दा महङ्गो पर्न जाने भएकाले बजारीकरणमा कठिनाइ हुँदै आएको अध्यक्ष लामाको भनाइ छ । अब सिङ्गो पालिकामा उत्पादन हुने स्याउको नामकरण गरी एउटै ब्रान्डको स्याउका रुपमा बजारसम्म पुर्‍याउने हाम्रो योजना छ । उनले भने- ‘यसो गर्दा स्याउको बजार पनि विस्तार हुने र चुमनुब्रीको स्याउले बजारमा पहिचान पनि बनाउन सक्ने अवस्था हुन्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *