माछामा आत्मनिर्भर बन्दै झापाका किसान

No ads found for this position
No ads found for this position

झापा- धानभन्दा तीन गुणा बढी आम्दानी हुने भएपछि पछिल्लो समय माछा पालनमा किसानको आकर्षण बढेको छ । त्यसले गर्दा झापा माछामा आत्मनिर्भर बनेको छ । नेपाल सरकारले नै माछा पालक किसानलाई प्रोत्साहनसहित अनुदान दिन थालेपछि झापा माछामा आत्मनिर्भर बनेको हो ।

प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत जिल्लाका छ पालिकामा माछा ब्लक नै छुट्याएर विगत दुई वर्षदेखि व्यावसायिक माछा पालन भइरहेको छ । कचनकवल, हल्दिबारी र कमल गाउँपालिका तथा गौरादह, मेचीनगर र अर्जुनधारा नगरपालिकामा हाल दुई वर्षीय परियोजना अन्तर्गतको माछा ब्लक सञ्चालन भइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

धानभन्दा तीन गुणा बढी माछाबाट आम्दानी हुने गरेको कार्यालयका मत्स्य विकास शाखाका निमित्त प्रमुख केदारकुमारी अधिकारीले बताए । उनले एक कट्ठा जमिनमा पालिएका माछाले सोही जमिनमा उत्पादन गरिएको धानको भन्दा तीन गुणा बढी आम्दानी दिने जानकारी दिए । उनले भने- ‘परियोजनाले दश वर्ष कार्यक्रम सञ्चालन गर्ने तयारीअनुसार ब्लक विकास कार्यक्रम सञ्चालन गरे पनि अब दुई वर्षमात्र चल्ने छ । पहिला १० वर्ष चलाउने भन्ने थियो कार्यक्रम, तर दुई वर्षमै सकियो ।’ उनले पाँच हेक्टर जमिनमा ब्लक विकास कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

परियोजनाअन्तर्गत क्षेत्र विस्तारका लागि चालु आर्थिक वर्षमा रु २५ लाख र यान्त्रिकीकरणमा डेढ लाख बजेट विनियोजन गरिएको बताए । जिल्लामा हाल तीन सय ६५ हेक्टर जमिनमा व्यावसायिक माछा पालन भइरहेको उनले जानकारी दिए । उनले विगतको भन्दा फरक किसिमले किसानले माछा पाल्न थालेको बताए । उनले भने- ‘एउटै पोखरीमा कार्प जातका नौ प्रकारका माछा पाल्न थालेका छन्, जसले किसानलाई झनै ठुलो फाइदा भएको छ ।’ -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *