राप्रपाको केन्द्रीय कार्यलय भत्काउन डोजर सहित महानगरका ३ सय प्रहरी खटिए, मुठभेड हुनसक्ने

No ads found for this position
No ads found for this position

काठमाडौं । धुम्बाराहीस्थित रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्याल भत्काउन काठमाडौं महानगरपालिकाको टोलि डोजर लिएर पार्टी कार्यलय तर्फ प्रस्तान गरेको छ ।

महानगरका एसपी राजु पाण्डेको नेतृत्वमा तिन सय नगर प्रहरी राप्रपा कार्यालयतर्फ परिचालन गरिएको स्रोतले बताएको छ ।

राप्रपा कार्यलयमा महानगरले डोजर ल्याउन लागेको सुचना पाएपछि राप्रपाका कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा भीड लागेर बसेका छन् । उनिहरुले डोजरलाई अवरोध गर्ने तयारी गरिरहेका छन्। यसबाट नगर प्रहरी र राप्रपा कार्यकर्ताबिच मुठभेड हुनसक्ने सम्भावना देखिएको छ ।

हाइटेन्सन लाइनमुनि बनेकाले राप्रपाको कार्यालयलाई महानगरले खाली गर्न आइतबारसम्मको अल्टिमेटम दिएको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *