पत्रकार हौं भन्दै चर्को ब्याज असुलेको आरोपमा मिडिया व्यवसायीविरुद्ध प्रशासनमा निवेदन

No ads found for this position
No ads found for this position

महोत्तरी- महोत्तरीमा मिडिया व्यवसायीले नै मिटर व्याजबाट पीडित बनाएको आरोपमा पीडितहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।

जिल्लाको बर्दिबासमा प्रभात सन्देश नामक पत्रिका सञ्चलन गर्दै आएका आशा तोलाङ्गे र मनोज थापाविरुद्ध उनीहरूले निवेदन दिएका हुन् ।

बर्दिबास-३ मा स्थायी घर भएका दुवै जना श्रीमान्, श्रीमती हुन् । घर छेउमा नै बसोबास गर्ने उनीहरूका छिमेकी र आफ्न्तले आफूहरू पीडित भएको भन्दै प्रशासन कार्यालयमा आज निवेदन लिएर आएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

निवेदन दिनेमध्य रामकुमार परियारले ४ लाख ९५ हजार सावा ऋण लिएर ७ लाख ९५ हजार बुझाउँदा पनि जालसाजी गरेर आफ्नो घर नै उनीहरूले आफ्नो नाममा बनाएको निवेदनमा उल्लेख गरेका छन् ।

उनीहरूकै कारणले आफू सडकमा आइपुगेको र बत्ती, पानी आफ्नो नाममा ल्याएर घरबाट निकाल्ने धम्की दिँदै आएको पीडित परियारले बताएका छन् ।

त्यसैगरी अर्का पीडित अनिता तोलाङ्गेले शान्ति सुरक्षाको माग गर्दै उजुरी दिएकी छन् । घरायसी खर्चको लागी मिडिया व्यवसायी तोलाङ्गेसगँ २ लाख ५० हजार ऋण लिएको र उक्त ऋण ५० प्रतिशत भन्दा बढी चर्को ब्याज तिरेर सावासमेत चुक्ता गर्दा पनि विभिन्न घरमा आएर धम्की दिने गरेको उनको भनाइ छ ।

परियार र तोलाङ्गे जस्तै अन्य दुई जनाले पनि मिडिया व्यवसायी तोलाङ्गेका विरुद्ध न्यायको माग गर्दै निवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

नेपाल पत्रकार माहासंघ महोत्तरीको कार्यसमिति सदस्यसमेत रहेकी तोलाङ्गेका विरुद्ध परेको निवेदनमाथि अनुसन्धान प्रक्रिया अगाडी बढाइसकेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

पत्रकारिताको आडमा चर्को ब्याज असुलेर ठगी धन्दा गरेको भन्दै उनीहरूका छिमेकी एकाएक सार्वजनिक भएपछि घटना बाहिरिएको हो । -न्युज कारखाना ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *