भारी वर्षाका कारण चार नदीले पार गरे खतराको तह

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

तिनाउ नदीमा आएको बाढी।

काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा तीन दिन भारी वर्षाको सम्भावना रहेको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षा भइरहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार मकवानपुर, चितवन,तनहुँ, नवलपरासी,पाल्पा, रूपन्देही, कपिलवस्तु,दाङ, प्यूठान, बर्दिया, कैलाली आसपास भारी बर्षा मापन गरिएको छ।

उक्त जिल्लाका साना खहरे खोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

हाल नारायणी, बबई, राप्ती र गण्डकीले खतराको तह पार गर्न लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

राती कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्