आफू यातायात कार्यालयको कर्मचारी भन्दै चार लाख ठगी गर्ने पक्राउ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा ललितपुरको महालक्ष्मी नगरपालिका-१३ बस्ने ३० वर्षीय राजु परियार पक्राउ छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको प्रहरी टोलीले परियारलाई पक्राउ हो । पक्राउ परेका परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै आएका थिए।

पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिनेलगायतका कार्य गरिदिन्छु भन्दै सुन र नगद गरी चार लाख ३० हजार बराबरको रकम ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो।

उनले ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स् एन्ड सन्स्का सञ्चालकलाई पनि कालीमाटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्