थाइ नागरिकको साथबाट भन्सार कार्यालयले समात्यो सुनजस्तो देखिने साढे ४ किलो पहेंलो धातु

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालयले सुनजस्तो देखिने झण्डै साढे ४ किलो पहेंलो धातु गएराति बरामद गरेको छ।

बैंककबाट काठमाडौं आएका थाइ नागरिकको साथबाट सुनजस्तो देखिने धातु भन्सार कार्यालयले बरामद गरेको हो।

भन्सार कार्यालयका अनुसार थाई नागरिकले बोकेको हाते झोलाबाट १० थान बिस्कुट आकारको पहेंलो धातु फेला पारिएको हो। उक्त धातु सुन हो वा होइन परीक्षणका लागि भन्सार कार्यालयले त्रिपुरेश्वरस्थित भन्सार विभागमा पठाएको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्