नेपालमा सुन तस्करीहरुको जालो ठूलो छ : रवि लामिछाने

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछानेले त्रिभुवन विमानस्थलबाट सेटिङबिना सुन तस्करी हुन नसक्ने दाबी गरेका छन्।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै लामिछानेले सेटिङ नभएसम्म विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन्।

उनले भने,‘बिना सेटिङ, मिलेमतो नभएर सम्भव छैन। तर कुन लेबलको, कुन ढंगको हो, कसको, भन्ने कुरा अनुसन्धानको विषय छ होला। लामो समयदेखि सुन तस्करीहरु जालो ठूलो छ भनिरहेका छन्। आम सर्वसाधारणको सानो एउटा मोबाइल पनि छिर्दैन। यो तस्करी सेटिङमा भएको हो।’

सुन प्रकरणमा राष्ट्रिय युवा संघ र कांग्रेस सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको सन्दर्भमा लामिछानेले अनुसन्धान नहुँदै राजीनामा माग्नु उचित नभएको स्पष्ट पारे। उनले अरुले राजीनामा मागे भन्दैमा राष्ट्रिय स्वतन्त्र पार्टीले वास्तविकता नबुझि राजीनामा नमाग्ने धारणा राखे।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्