इटहरीमा चारजना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु

No ads found for this position
No ads found for this position

इटहरी- सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ।

चारजना सवार को २९ प ३७१२ नम्बरको मोटरसाइकल डब्लु बी ७३ इ ९११७ नम्बरको भारतीय पिकअफसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

दुर्घटना शुक्रबार राति इटहरीको कान्छी चोकमा भएको थियो। दुर्घटना परि मृत्यु हुनेमा इटहरी १६ का २४ वर्षीय अनिनेश चौधरी, २६ वर्षीय करण चौधरी र २७ वर्षीय शम्भु चौधरी रहेका छन्।

दुर्घटनामा परी घाकइते २७ वर्षीय प्रेमलालको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *