सन्दीप क्षेत्रीको ‘ह्वाट द फ्लप’ कार्यक्रम कान्तिपुर टिभीले गर्‍यो बन्द

No ads found for this position
No ads found for this position

काठमाडौं- कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ ।

टेलिभिजनमा गत असार २३ गते अभिनेता पल शाहसँग सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । महिलालाई मजाकको विषय बनाइएको भन्दै उक्त अन्तर्वार्ता सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टेलिभिजनले उक्त कार्यक्रम युट्युबबाट हटाएको थियो ।

कान्तिपुर टेलिभिजन बिहीबार जारी सूचना यस्तो छ :

गत असार २३, शनिबार प्रसारित ‘ह्वाट द फ्लप’ मा छनोट गरिएका पात्रसँगको संवाद हाम्रो सम्पादकीय नीतिविपरीत रहेकाले उक्त भिडियो हामीले युट्युबबाट हटाइसकेका छौं । महिलाको स्वाभिमान र सामाजको चेतनालाई सम्मान गर्दै ‘ह्वाट द फ्लप’ कार्यक्रमको उत्पादन र प्रसारणसमेत पूर्णतः रोकिएको जानकारी गराउँछौं । चाँडै नै उत्कृष्ट कार्यक्रम लिएर आउने विश्वास दिलाउँछौं ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *