एसियन म्युजिकले ल्यायो गीतकार सन वाङको ‘आँसुको मूल्य’ (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- पछिल्लो समय नेपाली गीतसङ्गीतको वितरणमा पनि डिजिटल मार्केटले धेरै नै फड्को मारेको छ । यही अघि बढिरहेको डिजिटल प्लेटफर्म र डिजिटल मार्केट मार्फत गीत सङ्गीत र वेब सिरिज निर्माण र बजारीकरणमा विगत देखि नै लागिरहेको एसियन म्युजिकले सोमबार मात्रै ‘आँसुको मूल्य’ गीत सार्वजनिक गरेको छ।

लोकप्रिय गायक जितेन लेप्चाको स्वर ,सङ्गीत र सन वाङ योल्मोको शब्द रहेको गीतमा सञ्जीव बराइलीको एरेन्ज रहेको छ ।

कविता नेपाली, सन वाङ योल्मो र प्रज्वल जंग कार्कीको अभिनय रहेको भिडियोलाई एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

युवा पुस्ताको लभ, रोमान्स र धोकालाई देखाउन खोजिएको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन् ।

भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी र नहकुल खड्काको सम्पादन रहेको छ। गीतलाई डिजिटल प्लेटफर्म मार्फत पनि सुन्न सकिन्छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *