मनाङका याक र चौँरीमै भेटियो लम्पी स्किन

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

मनाङ- हिमाली जिल्ला मनाङका पशुमा पनि लम्पी स्किनको सङ्क्रमण भेटिएको छ । मनाङमा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण भेटिएको थियो ।

मनाङमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई-गोरु र याक सङ्क्रमित भएको भेटिएको छ ।  जसमा ९६ गोरु, ८९ गाई र ५१ याक र चौँरी लम्पी स्किनबाट सङ्क्रमित भएका छन् ।

जिल्लामा सङ्क्रमण फैलिँदै गएपछि रोग नियन्त्रणका लागि भेटेरिनरी अस्पतालले खोपको व्यवस्था गरेको छ। खोपको लागि भेटेरिनरी अस्पतालले जिल्लामा दुई हजार डोज खोप ल्याइसकेको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्