१ सय केजी सुन बाहिरिएको बारे छानबिन गर्न समिति गठन

No ads found for this position
No ads found for this position

काठमाडौं- बुधबार सिनामङ्गलमा भेटिएको करिब १ सय केजी सुनको छानबिन गर्न भन्सार विभागले एक छानबिन समिति गठन गरेको छ ।

भन्सार विभाग अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । उक्त समितिलाई बरामत भएको सुनको सत्य तथ्य छानबिन गरी ५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब १ सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ छन् ।

मङ्गलबार बरामद गरिएको उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइए छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *