अमेरिकाबाट गीतकार रमेशले ल्याए ‘माया धोका’ (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- गीतकार रमेश लुइँटेलको नयाँ गीत ‘माया धोका’ सार्वजनिक भएको छ ।

सिडी विजय अधिकारीको सुमधुर स्वर र संगीत तथा एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई शुक्रबार साझ सार्वजनिक गरिएको हो ।

पछिल्लो समयका लोकप्रिय जोडी आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोलाइ युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । माया र धोकालाइ प्रस्तुत गरिएको भिडियोमा उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । भिडियोलाइ नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

लामो समयदेखि अमेरिकाको ओहायो सहरमा रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको धेरै गीतहरु यसअघि पनि दर्शकको रोजाइमा परिसकेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *