देउवासँग अमेरिकी सहायक विदेश मन्त्री लूको भेटवार्ता

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शिष्टाचार भेट गरेका छन्।

एक दिने नेपाल भम्रणका लागि आएका सहायक विदेशमन्त्री लूले सभापति देउवासँग उनकै निवासमा भेटवार्ता गरेका हुन् ।

देउवाले लूसँग नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको देउवाको सचिवालयले जनाएको छ ।

भेटमा देउवाले नेपालको शान्ति, प्रजातन्त्र र विकास प्रवर्द्धनमा अमेरिकाको अटल सहयोग रहिआएकोमा आभार व्यक्त गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *