इक्यानमा सहज बन्दै शेषराजको जित, रक्षात्मक मुडमा विष्णुहरि

No ads found for this position
No ads found for this position

काठमाडौं । शनिबार हुने शैक्षिक परामर्श संघ (इक्यान) महाधिवेशनको चुनावी रौनक उत्कर्षमा पुगेको छ । अध्यक्षका लागि चारजना प्रतिस्पर्धी मैदानमा रहे पनि प्यानलै बनाएर अघि बढेका शेषराज भट्टराई र विष्णुहरि पाण्डेबीच नै चुनावी प्रतिस्पर्धा हुने निश्चित छ ।

प्यानलै घोषणा गरेर चुनावी मैदानमा होमिइसकेका भट्टराई र पाण्डे दुवैले आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् । तर, पछिल्लो समय निर्माण भएको महोलले भट्टराई समूहको जित सहज देखिएको बताउँछन्, अधिकांश इक्यानियनहरु ।

यहाँ भट्टराईको समूह संस्थापन पक्ष जस्तो देखिएको छ । अहिलेका अध्यक्ष प्रकाश पाण्डेको पूर्णतः साथ र समर्थन पाएका शेषराजकै समूहमा छन्, वर्तमान महासचिव दीपकराज भुषाल । शेषराज स्वयम यसअघि कुशलतापूर्वक उपाध्यक्षको भूमिका निर्बाह गरेका सशक्त उम्मेदवार हुने भने भुषालले यसपटक पनि महासचिवमै उम्मेदवारी दिएका छन् । त्यस्तै अधिकांश पूर्वअध्यक्षले पनि खुलेरै भट्टराईलाई साथ दिएका छन् ।

पहिल्यै अध्यक्ष भइसकेका पाण्डे फेरि चुनावी मैदानमा उत्रिएको धेरैले रुचाएका छैनन् । सल्लाहकार भएर बस्नुपर्ने मान्छे चुनाव लड्न आएको भन्दै धेरै जनप्रतिनिधि उनीसँग चिढिएका छन्, जसको फाइदा शेषराज समूहलाई हुने देखिन्छ ।

करि साढे चार सय प्रतिनिधि रहेको इक्यानमा भट्टराई प्यानलबाट उम्मेदवार बनेकाहरु ज्यादा व्यवसायिक, जुझारु र गतिशील भएको बताइन्छ ।


बिहीबार उम्मेदवार घोषणा समारोहको माहोलले पनि शेषराजको जित जहज जस्तो देखिएको बताइन्छ । उक्त समारोहमा उम्मेदवार भट्टराईले भने पछिल्लो माहोलबाट आफ्नो समूहको जित निश्चित भएको भन्दै खुसी व्यक्त गरे ।

भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ ।

कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।

भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील छन् । उनीहरुले नेतृत्वमा चुनिएपछि संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *