दासढुंगामा बस दुर्घटना, १९ यात्रु घाइते (नामावली सहित)

No ads found for this position
No ads found for this position

काठमाडौं- त्रिशूली नदीमा बस खस्दा १९ यात्रु घाइते भएका छन् ।

काँकडभिट्टाबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ‘ख’ ५२३७ नम्बरको यात्रुवाहक बस नारायणगढ मुग्लिङ सडकको दास ढुङ्गा नजिकै सडकबाट करिब .१० मिटर तल खसी रुखमा अड्कन पुगेको थियो ।

शुक्रवार बिहान भएको उक्त घटनामा परी घाइते हुनेहरुको उद्धार गरी भरतपुर अस्पताल लगिएको छ । बसमा सवार चालक सहित ३२ जना मध्ये १९ जना घाइते भई भएका छन् ।

घाइतेको विवरण:

१. बादल – बस चालक, हेटौँडा।

२. विक्रम मगर-सहचालक।

३. कमला सुब्बा-भारत सिलगुडी।

४. लक्की सुब्बा-भारत सिलगुडी।

५. सुसान्त सुब्बा- मोरङ।

६. सुनिता लामिछाने- मोरङ।

७. विश्वलक्ष्मी राई-धनकुटा।

८. दिव्या राई- धनकुटा ।

९. दीपक तामाङ- धादिङ।

१०. सङ्गीता मगर- सुनसरी।

११. सुमिमा राई- झापा।

१२. मिलन तामाङ- भक्तपुर।

१३. सुमन लामा- ललितपुर।

१४. नन्दबहादुर पाण्डे-भोजपुर ।

१५. लीलाबहादुर पाण्डे-भोजपुर ।

१६. दिलबहादुर श्रेष्ठ- धादिङ ।

१७. मनिका राई- सुनसरी।

१८. कल्पना राई- मोरङ।

१९. सपना राई- मोरङ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *