३६ वर्ष पछि आयो नारायण गोपालको ‘केही मीठो बात गर’को भिडियो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- स्वरसम्राट नारायण गोपाल गुरूवाचार्यको स्वर तथा सङ्गीत रहेको कालजयी  गीत ‘केही मीठो बात गर ‘को  रेकर्ड भएको ३६ वर्ष पछि आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको  छ।

बिहीबार जमल स्थित बिश्वज्योती सिनेमा हलमा एक कार्यक्रम बिच भिडियोको प्रीमियर गरिएको हो ।

गीतकार कालीप्रसाद रिजालको शब्द रचना रहेको गीतलाई स्वरसम्राट नारायण गोपालले ०४४ साल माघ महिनामा म्युजिक नेपालको स्टुडियोमा रेकर्ड गराएका थिए।

गीतको म्युजिक भिडियोमा नायिका केकी अधिकारी र दीपक भट्टको अभिनय रहेको छ।

निर्देशक सुव्रत आचार्यले भिडियोलाई चालिसको दशकको नेपालको परिवेशलाई समेटेका छन्। भिडियोमा बिजेश पौडेलको सम्पादन, कलर तथा  भिएफक्स र उत्सव दाहालको सिनेमाटोग्राफी रहेको छ।

नारायणगोपाल सङ्गीत कोषका अध्यक्ष दीपक केसीले कोषले गरिरहेका कामहरूका बारेमा जानकारी दिएका थिए।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्