कलाकार बल्छी धुर्वे र राजु मास्टर पाँच हजार धरौटीमा रिहा

No ads found for this position
No ads found for this position

काठमाडौं । वान एक्स बेटको अनलाइन सट्टेबाजी प्रचार गरेको अभियोगमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) र राजु पौडेल (राजु मास्टर) लगायत कलाकार धरौटीमा रिहा भएका छन् ।

सट्टेबाजी प्रचार गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौंले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रहरीले बल्छी धुर्वे र राजु मास्टरसहितका अलिश राई, बेगम नेपाली, जलन घर्तीमगर, गणेश देवकोटा, रोशन खतिवडा तथा सरोज घिमिरेलाई वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ गरेको थियो ।

त्यस्तै सट्टेबाजी गराउने एजेन्ट भनिएका दिनेश खड्का र अनिता धितालसँग भने अदालतले १० लाख धरौटी मागेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *