एसीसी इमर्जिङ कप आजदेखि सुरु हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेट बिहीबार देखि श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा नेपालसहित ८ देशका टोलीको सहभागिता रहेको छ।

प्रतियोगिताको पहिलो दिन समूह ‘ए’ का २ खेल हुँदैछ। पहिलो खेलमा श्रीलंका ए ले बंगलादेश ए को सामना गर्दै छ। खेल सिंहालिस स्पोर्टस क्लब कोलम्बोमा हुँदैछ।

यस्तै, दोस्रो खेलमा ओमान ए र अफगानिस्तान ए भिड्दैछन्। ओमान र अफगानिस्तानको खेल कोलम्बो क्रिकेट क्लबको मैदानमा हुनेछ। दुवै खेल नेपाली समयानुसार बिहान १० बजेदेखि सुरु हुनेछन्।

समूह ‘बी’मा रहेको नेपालले प्रतियोगिताको दोस्रो दिन पाकिस्तान ए सँग आफ्नो पहिलो खेल्नेछ। समूह ‘बी’मा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब ईमिरेट्स (यूएई) छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *